बुटवल–बेलहिया सडक १२ वर्षसम्म अधुरै : नयाँ ठेक्काका लागि विभागमा पुग्यो फाइल

बुटवल । नेपाल–भारत पारवहन सेवालाई सहज बनाउने उद्देश्यले एक दशक अघिदेखि सुरु भएको रुपन्देहीको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अझै पूरा भएको छैन ।
आर्थिक वर्ष २०६८/०६९ देखि सुरु भएको आयोजना ५ वर्षमा सक्ने गरी ठेक्का लगाइएको थियो । २०७३ मा बुटवलको क्षेत्रको साढे तीन किलोमिटर थपेर साढे २७ किलोमिटर पुर्याइएको उक्त सडक ४ लेनबाट ६ लेन बनाउने काम अझैसम्म पूरा नभएको हो ।
पछिल्लो समय बुटवलको साढे ३ किलोमिटर र बेलहियाको ७५० मिटर सडक निर्माण गर्ने कञ्चनजङ्घा बिरुवा जेभीसँग ठेक्का तोडिएपछि अन्योल बढेको छ ।
अहिले बुटवलको मुख्य सडकको साढे ३ किलोमिटर सडक अलपत्र छ भने बेलहियाको ७५० मिटर सडक भन्सार कार्यालय अगाडि लथालिङ्ग अवस्थामा छ । बुटवलतर्फ तीन वर्षमा निर्माण सक्ने गरी २०७३/०७४ मा ५३ करोड ९७ लाख ९९ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो ।
बेलहियाको ७५० मिटर सडक निर्माण गर्न पनि सोही कन्स्ट्रक्सनसँग १८ करोड लागतमा सम्झौता भएको सडक कार्यालय बुटवलले जनाएको छ ।
कम्पनीले ठेक्का लिए पनि समयमा काम पूरा गर्न नसक्दा ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकृत इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए ।
उनले नयाँ ठेक्का लगाउने विषयमा फाइल विभागमा पुगेको रातोपाटीलाई बताए । उनले विभाग, मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा फाइल पुग्ने र ठेक्का लगाउने बाटो खुल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पुटिनलाई भने पागल
-
मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना
-
माओवादीको पदाधिकारी बैठक, पार्टी एकताबारे निर्णय हुने
-
त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक-कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति छ ?
-
आज दुई संसदीय समितिको बैठक बस्दै