बुटवल–बेलहिया सडक १२ वर्षसम्म अधुरै : नयाँ ठेक्काका लागि विभागमा पुग्यो फाइल
बुटवल । नेपाल–भारत पारवहन सेवालाई सहज बनाउने उद्देश्यले एक दशक अघिदेखि सुरु भएको रुपन्देहीको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अझै पूरा भएको छैन ।
आर्थिक वर्ष २०६८/०६९ देखि सुरु भएको आयोजना ५ वर्षमा सक्ने गरी ठेक्का लगाइएको थियो । २०७३ मा बुटवलको क्षेत्रको साढे तीन किलोमिटर थपेर साढे २७ किलोमिटर पुर्याइएको उक्त सडक ४ लेनबाट ६ लेन बनाउने काम अझैसम्म पूरा नभएको हो ।
पछिल्लो समय बुटवलको साढे ३ किलोमिटर र बेलहियाको ७५० मिटर सडक निर्माण गर्ने कञ्चनजङ्घा बिरुवा जेभीसँग ठेक्का तोडिएपछि अन्योल बढेको छ ।
अहिले बुटवलको मुख्य सडकको साढे ३ किलोमिटर सडक अलपत्र छ भने बेलहियाको ७५० मिटर सडक भन्सार कार्यालय अगाडि लथालिङ्ग अवस्थामा छ । बुटवलतर्फ तीन वर्षमा निर्माण सक्ने गरी २०७३/०७४ मा ५३ करोड ९७ लाख ९९ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो ।
बेलहियाको ७५० मिटर सडक निर्माण गर्न पनि सोही कन्स्ट्रक्सनसँग १८ करोड लागतमा सम्झौता भएको सडक कार्यालय बुटवलले जनाएको छ ।
कम्पनीले ठेक्का लिए पनि समयमा काम पूरा गर्न नसक्दा ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकृत इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए ।
उनले नयाँ ठेक्का लगाउने विषयमा फाइल विभागमा पुगेको रातोपाटीलाई बताए । उनले विभाग, मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा फाइल पुग्ने र ठेक्का लगाउने बाटो खुल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण