बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख इञ्जिनीयर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा एक सय ५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको जानकारी दिए । उनले कतिपय ठाउँमा पोल गाडेर विद्युत् आपूर्ति गरिए पनि ग्रामीण क्षेत्रमा भने अझै समस्या रहेको बताए ।
लामिछानेका अनुसार खजुरा गाउँपालिकामा ७०, नेपालगञ्जमा ४०, जानकी गाउँपालिकामा १५ र राप्तीसोनारीमा करिब २० पोल भाँचिएका छन् । त्यसबाट रु ५० लाख बराबरको क्षति भएको र विस्तृत विवरण संकलनको काम भइहरहेको छ ।
हुरीबतासले जानकी–४ मा कच्ची घर भत्केर च्यापिँदा गर्भवती २२ वर्षीया फारुन शाही र ८५ वर्षीया खटिमा शाही घाइते भएका थिए । यस्तै नेपालगन्ज–१२ निवासी ७१ वर्षीय अम्मरबहादुर खड्का र त्यसबाहेक डुडुवा तथा बुलबुलियामा रूखको हाँगा लागेर दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिकामा पनि हुरीबतासले ६० भन्दा बढी घरमा क्षति पुर्याएको छ । यहाँ १५ घरमा पूर्ण, २० घरमा आंशिक र २५ घरमा सामान्य क्षति भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।
हुरीबतासले स्थानीय किसानका लिची, आँप र तरकारीलगायत खेतीमा ठुलो नोक्सानी भएको स्थानीय प्रशासनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण