एक सिजनपछि नै चेल्सी छाडे पोचेटिन्होले
लन्डन । चेल्सीका म्यानेजर माउरिसियो पोचेटिन्होले नियुक्त भएको एक वर्षपछि नै आपसी समझदारीमा क्लब छाडेका छन् । ५२ वर्षीय पोचेटिन्होले गत वर्षको जुलाई १ मा क्लबसँग २ वर्षको करार गरेका थिए । करारमा १२ महिना थप गर्न सकिने प्रावधान थियो ।
प्रिमियर लिग सिजनको पहिलो हाफमा निराशाजनक प्रदर्शन गरेका कारण अर्जेन्टिनी म्यानेजर निकै दबाबमा थिए । तर, सिजनको अन्त्यमा लगातार ५ खेल जित्दै टोली छैटौँ स्थानमा रहन सफल भयो ।
टोली काराबाओ कपको उपविजेता बनेको थियो भने एफए कपको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । टोलीले २०२२–२३ सिजनमा ७४।७ करोड पाउन्ड खर्च गरेको थियो । कोल पाल्मर, निकोलस ज्याक्सन, मोइसेस काइसेडो, क्रिस्टोफर एनकुन्कुजस्ता खेलाडीहरु भित्र्याएको थियो । तर, टोलीले अपेक्षित सफलता हासिल गर्न सकेन ।
पछिल्ला पाँच वर्षमा चेल्सीमा ६ वटा म्यानेजरले नेतृत्व सम्हालिसकेका छन् । पोचेटिन्होको बाहिर्गमनसँगै उनको स्थानमा इपस्विचका म्यानेजर केइरन म्याककेना, स्पोर्टिङका रुबेन अमोरिम र बर्नलीका भिन्सेन्ट कोम्पानी म्यानेजर बन्ने चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण