दाङमा ३७ हजारभन्दा बढी बालबालिकालाई ‘आइपीभी’ खोप लगाइँदै
देउखुरी । दाङमा ३७ हजार सात सय ५५ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङले आज घोराहीमा आयोजना गरेको पत्रकारसँग अन्तरक्रियामा यही जेठ १३-२६ सम्म सञ्चालन हुने खोप अभियानमा विसं २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको जानकारी दिइयो ।
खोप संयोजक झग्गुप्रसाद आचार्यले पहिलो चरणमा यही जेठ १३ गतेदेखि १७ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका र दोस्रो चरणमा २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप सञ्चालन हुने आचार्यले जानकारी दिए ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले सकेसम्म लक्षित उमेरका बालबालिका रहेका सबै विद्यालयमा केन्द्र राखेर खोप लगाइने बताए । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले दाङलाई पोलयोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
घोराहीका नगरप्रमुख नरुलाल चौधरीले पोलियो खोपलाई प्रभावकारी बनाउन नजिकको खोपकेन्द्रमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख किशोर आचार्यले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका खोपबाट वञ्चित भएकाले खोप अभियान सञ्चालन गरिएको बताए ।
पोलियो भएकामध्ये ३ प्रतिशत बालबालिकालाई पक्षघात हुने र त्यसको उपचार नभएकाले सङ्क्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदलाई कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साँट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण