चीनको आवासीय भवनमा विस्फोट
बिहीबार, १० जेठ २०८१, १६ : ०८
हर्बिन । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको राजधानी हर्बिनमा एउटा आवासीय भवनमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
यो घटना बिहीबार बिहान ७ बजेतिर भएको स्थानीय अधिकारीहरूले बताएका छन् । हर्बिनको सियाङ्फ्याङ जिल्लामा रहेको भवनमा ग्यासको ट्याङ्क पड्किएको थियो ।
विस्फोट भवनको चौथो तलाको एउटा फ्ल्याटमा भएको हो । विस्फोटको आवाज परसम्मै सुनिएको थियो । भवनमा आगो दन्किन थालेपछि मानिसहरूलाई अपार्टमेन्टबाट बाहिर निकालिएको थियो ।
घाइतेहरूको अवस्था चिन्ताजनक नभएको बताइएको छ । विस्फोटबारे थप छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण