चीनको विद्युत् उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि
बेइजिङ । चीनको कुल स्थापित ऊर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ ऊर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्याङ्कले देखाएको छ ।
वायु ऊर्जा र सौर्य ऊर्जाको विकासलाई गति दिने चीनको प्रयासबिच गत महिनाको अन्त्यसम्ममा वायु ऊर्जा लगभग चार करोड ६० लाख किलोवाट(२०.६ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ ।
जनवरीदेखि अप्रिलसम्म चीनमा प्रमुख ऊर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को ऊर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक वर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।
विद्युत् ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो वर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ । -(रासस\सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण