आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

चीनको विद्युत् उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

बिहीबार, १० जेठ २०८१, २१ : ०६
बिहीबार, १० जेठ २०८१

बेइजिङ । चीनको कुल स्थापित ऊर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ ऊर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्याङ्कले देखाएको छ ।

वायु ऊर्जा र सौर्य ऊर्जाको विकासलाई गति दिने चीनको प्रयासबिच गत महिनाको अन्त्यसम्ममा वायु ऊर्जा लगभग चार करोड ६० लाख किलोवाट(२०.६ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ । 

जनवरीदेखि अप्रिलसम्म चीनमा प्रमुख ऊर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को ऊर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक वर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।

विद्युत् ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो वर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ । -(रासस\सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप