कर्णालीका पूर्व मुख्यमन्त्रीले भने– सहकार्यमा मेरो गोरुको बाह्रै टक्का गर्न नखोजौँ
सुर्खेत । कर्णालीमा सत्तारुढ दलहरू नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रबिच सहकार्यको वातावरण सहज तरिकाले अघि बढ्न नसकेको देखिएको छ । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले उक्त कुराको सङ्केत गरेका हुन् ।
उनले सहकार्यमा ‘मेरो गोरुको बाह्रै टक्का गर्न नखोजौँ’ भन्दै त्यसो गरेको खण्डमा सहकार्य सम्भव नहुने पनि बताए । कर्णालीमा माओवादीको सहयोगमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । तर, कँडेलले सरकारका हरेकजसो विषयवस्तुबारे सत्तारुढ दललाई समेटेर जानुभन्दा एक्लै हिँड्ने प्रयास गरिरहेको चर्चा माओवादी वृत्तमा छ ।
पूर्व मुख्यमन्त्री शर्माले सहकार्यलाई व्यवहारमा अभिव्यक्त गर्न पनि आग्रह गरे । त्यसो गरेको खण्डमा मात्रै सहजता हुने उनको भनाइ थियो । ‘मेहनत गर्न धेरै छ र कसिलो सहकार्य गर्न जरुरी छ,’ मुख्यमन्त्री कँडेललाई लक्षित गर्दै उनले भने, ‘विश्वासको वातावरणमा मात्रै सहज तरिकाले अघि बढ्न सकिन्छ ।’
शर्माले संघीय र प्रदेश सरकारबिच तादम्यता नमिलेको बताउँदै त्यस्ता विषयमा सरकारले ध्यान दिएर अघि बढ्नुपर्ने बताए । साथै उनले म हैन हामीबाट भनेर सुरु गरे मात्रै कर्णालीको समृद्धि सम्भव भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण