सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

एक्सटर्सन मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, ११ जेठ २०८१, १७ : ०२
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । आपराधिक लाभ (एक्सटर्सन), ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१४ घर भएर स्वयम्भू बस्ने मनिलाल विक उर्फ मनिश कार्कीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

३६ वर्षीय कार्कीविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ । उनलाई थप अनुसन्धानका  जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप