कान्तिपुरमा कांग्रेस सांसद ‘हमदर्दी’ प्रकट गर्न गएका हुन् : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले कान्तिपुर मिडिया सञ्चालक कैलाश सिरोहिया पक्राउ पर्न लागेपछि कांग्रेस सांसदहरू ‘हमदर्दी’ प्रकट गर्न उनको कार्यालयमा पुगेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले सोधेको ‘कांग्रेस र कान्तिपुर’ एउटै हो भन्ने प्रश्नमा सिरोहियाले अप्ठेरो परेको बेलामा दुःख साट्न गएको जवाफ दिए ।
उनले सहकारी ठगीको श्रृङ्खलाबद्ध समाचार आएपछि बदलाको भावले सिरोहियालाई पक्राउ गरिएको दाबी गरे । उनले घुमाउरो रुपमा संसद्का महासचिवको ३ वटा नागरिकता रहेको प्रमाण भए पनि उनलाई पक्राउ गरिएको छ भन्दै प्रश्न गरे ।
शर्माले भने– ‘यो संसद्मा सभामुखको छेउमा अगलबगलमा बस्ने, मैले नाम बिर्से अहिले । उच्च ओहोदाका व्यक्तिको दुई वटा नागरिकताको कुरा आएको छ कि छैन, गिरफ्तार हुनुभएको छ ? अहिले संसद्मा हुनुहुन्थ्यो ? गृहमन्त्रीकै पनि दुई वटा पासपोर्टको कुरा छ । गिरफ्तार नै नभई पनि अनुसन्धानमा सहयोग लिन सकिन्छ ।’
उनले मिडियाले खरो ढंगले प्रश्न गर्ने कुरामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । गत जेठ ११ गते सिरोहियालाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि नेपाली कांग्रेसका सांसदहरू कान्तिपुरको कार्यालयमा सिरोहियालाई भेट्न पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण