सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

कान्तिपुरमा कांग्रेस सांसद ‘हमदर्दी’ प्रकट गर्न गएका हुन् : विश्वप्रकाश शर्मा

शुक्रबार, ११ जेठ २०८१, १७ : २२
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले कान्तिपुर मिडिया सञ्चालक कैलाश सिरोहिया पक्राउ पर्न लागेपछि कांग्रेस सांसदहरू ‘हमदर्दी’ प्रकट गर्न उनको कार्यालयमा पुगेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले सोधेको ‘कांग्रेस र कान्तिपुर’ एउटै हो भन्ने प्रश्नमा सिरोहियाले अप्ठेरो परेको बेलामा दुःख साट्न गएको जवाफ दिए । 

उनले सहकारी ठगीको श्रृङ्खलाबद्ध समाचार आएपछि बदलाको भावले सिरोहियालाई पक्राउ गरिएको दाबी गरे ।  उनले घुमाउरो रुपमा संसद्का महासचिवको ३ वटा नागरिकता रहेको प्रमाण भए पनि उनलाई पक्राउ गरिएको छ भन्दै प्रश्न गरे । 

शर्माले भने– ‘यो संसद्मा सभामुखको छेउमा अगलबगलमा बस्ने, मैले नाम बिर्से अहिले । उच्च ओहोदाका व्यक्तिको दुई वटा नागरिकताको कुरा आएको छ कि छैन, गिरफ्तार हुनुभएको छ ? अहिले संसद्मा हुनुहुन्थ्यो ? गृहमन्त्रीकै पनि दुई वटा पासपोर्टको कुरा छ । गिरफ्तार नै नभई पनि अनुसन्धानमा सहयोग लिन सकिन्छ ।’

उनले मिडियाले खरो ढंगले प्रश्न गर्ने कुरामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।  गत जेठ ११ गते सिरोहियालाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि नेपाली कांग्रेसका सांसदहरू कान्तिपुरको कार्यालयमा सिरोहियालाई भेट्न पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप