मायादेवी गाउँपालिकामा हाईमास्ट लाइट जडान

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ को बनगाई चोकमा हाईमास्ट लाइट जडान कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हाईमास्ट लाइटको जग निर्माण कार्यको शिलान्यास गर्दै नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले आफू मन्त्री हुँदा विभिन्न योजना ल्याएको भन्दै लाइट जडान भएपछि शान्ति सुरक्षामा सहयोग पुग्ने बताए ।
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत ऊर्जा महाशाखाका नवीन थापाका अनुसार मायादेवी–७ मा जडान हुने हाईमास्ट लाइटको उचाइ १६ मिटर रहेको छ ।
यसमा ८ वटा लाइट रहनेछ । एउटा लाइटको क्षमता ३ सय वाट रहेको छ । जसअनुसार ८ वटाको क्षमता २ हजार ४ सय वाट रहेको छ । लाइटको माथि नेपाली झन्डा समेत राखिनेछ । उनले जडान गर्न लागिएको लाइट नेपालमै बनेको र २ वर्ष वारेन्टी समेत रहेको जानकारी दिए ।
हाईमास्ट जडान गर्न सुरु गरिएको चोक बेथरी पुल नजिकै र मर्चवार क्षेत्र जाने मुख्य सडकमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो
-
युवासंघमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को-को विजयी (नतिजासहित)