सातामा २४ सयले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रवारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम छ ।
यस्तै गत साताको शुक्रवार तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम तेजाबी सुनको मूल्य यो साताको शुक्रवार १ लाख ३६ हजार २५० रुपैयाँ कायम छ । यो साता सुनको मूल्यले नेपाली बजारमा ऐतिहासिक कीर्तिमान कायम गर्यो ।
साताको सोमबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । यसपछि निरन्तर घट्दै शुक्रवारसम्म आइपुग्दा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम भएको हो । सुनको मूल्य घटे पनि यो साता चाँदीको मूल्यमा भने वृद्धि आएको छ ।
गत साताको शुक्रवार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैयाँ कायम थियो । जुन यो साताको शुक्रवारसम्म आइपुग्दा १८ सय ५५ रुपैयाँ कायम भएको छ । यो एक सातामा आएको ५५ रुपैयाँको वृद्धि हो । यो साता चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान कायम गरेको थियो ।
साताको आइतबार चाँदीको मूल्य बढेर १९ सय १० रुपैयाँसम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण