सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
कविता

एक श्रमिक

शनिबार, १२ जेठ २०८१, १२ : ५०
शनिबार, १२ जेठ २०८१

म म नै हुँ।।
तिमी तिमी नै हौ।।
र त म मजदुर भएको छु।
तिमी मालिक।।

मैले गरेको श्रमले।
तिम्रो महलको पनि त।।
काँध गर्विलो।
शिर उँचो भएको छ।।

त्यो महलको,
रङ्ग रोगन मैले नै गरेको हु।।
इट्टाको भित्ता मैले नै लगाएको हु।
तिम्रो घरमा लागेको बालुवा र सिमेन्ट।।
मैले नै बोकेको हु।।

भन्छन् रे आजभोलि तिमिलाई।
कस्तो राम्रो घर बनाएछ त्यो मालिकले।।
के थाहा ती अनभिज्ञ मान्छेलाई।
एक श्रमिकको आयु घटेको कथा।।

त्यो महलले दसौँ जना मान्छेको।
थाप्लो थिचेको ,काँध दुखाएको।।
घामले पसिना सुकाएको।
पानीले आँसु बगाएको।।

के थाह छ,ती अनभिज्ञ  मान्छेलाई।
तिर्खाले ओठ सुकाएको।।
बादल लाग्दा कराएको, पानी पर्दा रोएको।
गरिब श्रमिकको रगत पसिना बनी बगेको।।

कसैलाई केही थाह छैन यो संसारमा।
सबैलाई वाह वाह चाहिएको छ।।
श्रमिक रोएको,कराएको।
कसलाई के थाह छ र।।

साँझ सुत्ने बेला एक श्रमिक निराश भएको।
राती सबै सुतेको बेला।।
म मेरो दिनको ऋण सम्झी।
एक्लै एक्लै छटपटिएको।।
 
कसलाई के थाह छ र यहाँ।
मैले आत्महत्याको प्रयास गरेको।।
झट्ट सम्झे,कम्मल मुनि हेरे।
मेरो बच्चा मेरो जिम्मेवारी पो रहेछ।।

मनले नचाहे पनि।
त्यो दुस्साहस गर्ने डोरी फुक्यो।।
र भन्यो हैट लाटा।
के गरेको,तिमी त बाबा पो हौ।।

चसक्क गर्‍यो मन।
तनक्क तन्कियो तन।।
कमाउने इच्छा जाग्यो धन।
फेरि सम्झिए ऋण।।

एक छिन सुत्छु भने।
सुत्नै सकिन,चिन्ता थियो।।
त्यो जाबो ऋणको।
निदाएकै थिएन भइहाल्यो दिन।।

के सुत्न दिन्थ्यो र यो गरिबलाई।
त्यो ऋणले,भर्खर उठेको थिए।।
कुल्ला गर्न,पधेरो तिर हिँडेको थिए।
बाटोमा साहु देखियो।।

घरै बस्नुस् म आए,भने।
एक छिनमा घर गएको।।
त्यही मालिक न हो।
मन नभएको निर्दयी।। 

गाली गर्दै पो रहेछ।
जसोतसो फकाए,फुलाए।।
भाका कबुल गरे,खाना पनि पाक्यो।
अर्को मालिकको घर बनाउन हिँडे।।

म नै हु एक श्रमिक।
बनाउँछु मानव निर्मित एक प्रकृति।।
तर कसलाई के थाह छ र।
म श्रमिक नै दोस्रो प्रकृतिको रचनाकार हुँ।।२ 

सुर्खेत बहुमुखी क्याम्पसमा राजनीतिक शास्त्र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा