स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदको होहल्ला : ‘औचित्यहीन र कर्मकाण्डी विरोधप्रति खेद व्यक्त’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले रोष्टमबाट बोल्दा नेपाली कांग्रेसका सांसदहरूले होहल्ला गरेका छन् । आइतबार कांग्रेसको अवरोधकाबिच चलेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१–८२ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि वाग्लेलाई बोल्न समय दिएपछि नाराबाजी गरिरहेका कांग्रेस सांसदले ठुलो आवाजमा होहल्ला गरे ।
सांसद वाग्लेले संसदीय छानबिन समिति बनिसकेको अवस्थामा कांग्रेसले गरिरहेको संसद् अवरुद्ध औचित्यहीन र कर्मकाण्डी विरोध रहेको टिप्पणी गरे ।
उनले भने– ‘६५ वर्ष अगाडि वीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्याउनका लागि, यो लज्जास्पद औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ । संसद्को ओज गरिमा, उपादेयतालाई असान्दर्भिक बनाउने हो कि समाधान गर्ने हो ? ७४ लाख बचतकर्ताको समस्या समाधान उन्मुख हुने हो कि व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने हो । संसदीय छानबिन समिति बनिसकेको छ, यो औचित्यहीन कर्मकाण्डी विरोधको कुनै सान्दर्भिक छैन ।’
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आफ्नो दलले समर्थन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण