सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

उत्तरी गोरखाको साम्दोमा बीओपी स्थापना

सोमबार, १४ जेठ २०८१, १० : २९
सोमबार, १४ जेठ २०८१

पोखरा । उत्तरी छिमेकी देश चीनसँगको सीमा नजिक रहेको गोरखाको साम्दोमा बोर्डर आउटरिच पोस्ट (बिओपी) स्थापना भएको छ । 

सशस्त्र प्रहरी खट्ने बीओपी बनाउन १ वर्षदेखि तयारी भएको थियो । आइतबार बीओपी तयार भएको सशस्त्र प्रहरी बल गोरखाले जनाएको छ ।

यो बीओपी रुईला नाका नजिक पर्छ । बीओपीमा इन्स्पेक्टरको कमान्डमा टोली खटिएका छन् । विशेष गरी सीमा सुरक्षाका लागि बीओपी स्थापना भएको डीएसपी सुमन बोगटीले जानकारी दिए । उनका अनुसार सीमा नजिक अर्को बीओपी पनि स्थापनाको तयारी छ ।

मुलाढाज्याङ नाका नजिक पनि सरकारले बीओपी स्थापनाको तयारी सरकारले गरेको छ । यद्यपि हालसम्म स्थापना हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप