उत्तरी गोरखाको साम्दोमा बीओपी स्थापना
सोमबार, १४ जेठ २०८१, १० : २९
पोखरा । उत्तरी छिमेकी देश चीनसँगको सीमा नजिक रहेको गोरखाको साम्दोमा बोर्डर आउटरिच पोस्ट (बिओपी) स्थापना भएको छ ।
सशस्त्र प्रहरी खट्ने बीओपी बनाउन १ वर्षदेखि तयारी भएको थियो । आइतबार बीओपी तयार भएको सशस्त्र प्रहरी बल गोरखाले जनाएको छ ।
यो बीओपी रुईला नाका नजिक पर्छ । बीओपीमा इन्स्पेक्टरको कमान्डमा टोली खटिएका छन् । विशेष गरी सीमा सुरक्षाका लागि बीओपी स्थापना भएको डीएसपी सुमन बोगटीले जानकारी दिए । उनका अनुसार सीमा नजिक अर्को बीओपी पनि स्थापनाको तयारी छ ।
मुलाढाज्याङ नाका नजिक पनि सरकारले बीओपी स्थापनाको तयारी सरकारले गरेको छ । यद्यपि हालसम्म स्थापना हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण