सबै दलहरूको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि सबै राजनीतिक दलहरूको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरी समाजवादको सपना पुरा हुने विश्वास व्यक्त गरे ।
“आजको दिन नेपाली जनताको जीत र सामन्ती राजतन्त्रको हार भएको दिन हो”, शुभकामना सन्देशमा भनिएको छ “जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता सहित जनताका अधिकारहरूलाई मौलिक हकको रूपमा संविधानमा व्यवस्था गरिएका छन् ।
नागरिकले यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरूप आफ्ना कर्तव्यहरूको पालना गर्न सक्नु पर्दछ” । प्रदेश प्रमुख शेरचनले राष्ट्रियता , जनजीविका र जनतन्त्रको उच्चतम उपयोग गर्न राष्ट्रिय औद्योगीकरण र आर्थिक सुदृढीकरण प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति छ ?
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
ईयूसँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा बढाउन ट्रम्प सहमत
-
‘हिमाली जिल्लाका लुलु गाई संरक्षणतर्फ ध्यान पुगेको छैन’
-
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप
-
भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या