राप्रपाका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधन, अध्यक्ष लिङ्देनले ओढाए पार्टीको झण्डा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वकेन्द्रीय सदस्य गोविन्द प्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार ८५ वर्षको उमेरमा साँखुमा निधन भएको हो ।
शंखरापुर नगरपालिका वडा नम्बर ७ साँखुमा भएको श्रद्धाञ्जलीका अवसरमा श्रेष्ठको निवासमा पुगी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सो अवसरमा प्रतिनिधसभा सदस्य ध्रुवबहादुर प्रधान, राप्रपा काठमाडौँ अध्यक्ष नवराज सिंखडा, शंखरापुर नगरप्रमुख रमेश नापित, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ लगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रेष्ठको पार्थिव शरीरको आजै साँखुमा अन्त्येष्टि गरिएको छ ।
पञ्चायत कालमा साँखुका प्रधानपञ्च, बहुदलपछि तत्कालीन बज्रयोगिनी गाविस अध्यक्ष रहेका श्रेष्ठ राप्रपाका पूर्वकेन्द्रीय सदस्य समेत रहेका छन् । साँखुमा समाजसेवीको परिचय बनाएका श्रेष्ठका १ छोरा र ५ छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मेन्द्रले हेमा मालिनीलाई पठाएको अन्तिम सन्देश के थियो ?
-
तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार
-
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
-
युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी
-
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
-
आज सुनको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण