फोहोरको बेलुन दक्षिण कोरिया खसालिरहेछ उत्तर कोरिया
बुधबार, १६ जेठ २०८१, १२ : ०६
सोल । उत्तर कोरियाले फोहोर र प्रोपोगान्डा लिफलेट बोकेका ९० ओटा बलुन दक्षिण कोरियामा खसालेको छ । दक्षिण कोरियासँगको सीमामा रहेका दुई प्रान्तहरू गेओनग्गी र गङवनमा ती बेलुन खसालिएको हो । अधिकारीहरुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न चेतावनी दिएका छन् । दक्षिण कोरियाको सेनाले सर्वसाधारणलाई ती सेता बेलुन र बेलुनमा बाँधिएको फोहोरको झोला नछुन भनेका छन् ।
सो झोलामा फोहोरहरू रहेको बताइएको छ । ती बेलुनहरू सम्बन्धित अधिकारीहरूले छानबिन गरिरहेका छन् । सन् १९५० को दशकमा कोरियाली युद्ध यता उत्तर र दक्षिण कोरियाले एक अर्काका विरुद्धको प्रोपोगान्डा अभियानमा बेलुनको प्रयोग गरिरहेका छन् । दक्षिण कोरियाले सीमा क्षेत्रमा लिफलेट र अरु फोहोर बारम्बार छरिरहेको भन्दै सोको प्रतिकार गर्ने चेतावनी उत्तर कोरियाले दिएको केही दिनमा यो घटना भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण