फोहोरको बेलुन दक्षिण कोरिया खसालिरहेछ उत्तर कोरिया
बुधबार, १६ जेठ २०८१, १२ : ०६

सोल । उत्तर कोरियाले फोहोर र प्रोपोगान्डा लिफलेट बोकेका ९० ओटा बलुन दक्षिण कोरियामा खसालेको छ । दक्षिण कोरियासँगको सीमामा रहेका दुई प्रान्तहरू गेओनग्गी र गङवनमा ती बेलुन खसालिएको हो । अधिकारीहरुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न चेतावनी दिएका छन् । दक्षिण कोरियाको सेनाले सर्वसाधारणलाई ती सेता बेलुन र बेलुनमा बाँधिएको फोहोरको झोला नछुन भनेका छन् ।
सो झोलामा फोहोरहरू रहेको बताइएको छ । ती बेलुनहरू सम्बन्धित अधिकारीहरूले छानबिन गरिरहेका छन् । सन् १९५० को दशकमा कोरियाली युद्ध यता उत्तर र दक्षिण कोरियाले एक अर्काका विरुद्धको प्रोपोगान्डा अभियानमा बेलुनको प्रयोग गरिरहेका छन् । दक्षिण कोरियाले सीमा क्षेत्रमा लिफलेट र अरु फोहोर बारम्बार छरिरहेको भन्दै सोको प्रतिकार गर्ने चेतावनी उत्तर कोरियाले दिएको केही दिनमा यो घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?
-
ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची