बुद्ध मावलीस्थल खयरडाँडामा उत्खनन सुरु
बुटवल । गौतम बुद्धको मावली विश्वास गरिएको कोलीय गणराज्यको दरबार क्षेत्र भनिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा आजदेखि उत्खनन सुरु गरिएको छ ।
देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्त्व विभागको प्राविधिक सहयोगमा उत्खनन सुरु गरिएको हो ।
देवदह नगरपालिका नगरप्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रूपमा कुटोले भुईँ खनेर शुभारम्भ गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्त्विक स्थलहरूको उत्खनन र अन्वेषणका लागि सबै बजेट छुटाउनु पर्ने भएको भन्दै नगरपालिकाबाट १० लाख छुट्याएको बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्त्विक स्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए । उनले देवदहको भग्नावशेष क्षेत्रहरूमा उत्खनन हुँदा यसले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने बताए ।
बजेट अभावका कारण पुरातात्त्विक स्थलहरूको उत्खनन र अन्वेषणमा हुन सकेको थिएन । लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्त्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा ५ जनाको टोली उत्खननमा खटिएको छ । पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी,चन्द्रप्रकाश पाठक,अन्तरहुसेन मुसलमान र विज्ञका रूपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन्।उत्खनन आगामी आगामी एक महिनासम्म चल्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण