हाजिर जमानीमा छुटे कैलाश सिरोहिया
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताए ।
रातोपाटीसँग उनले भने,‘हाम्रो सिफारिसमा सरकारी वकिल कार्यालयले उहाँलाई बोलाएको बेला उपस्थित हुनेगरी छाड्न अनुमति दिएको छ ।’
निर्णयको पत्र काठमाडौँमा पठाइएको छ । छोरा सम्भव सिरोहियाले उनको जमानत लिएका छन् । फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा (१) अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था छ ।
सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । प्रहरीले बोलाएको बेला सिरोहिया उपस्थित हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण