लुम्बिनी प्रदेशका चिनी मिलले लक्ष्यअनुसार गर्न सकेनन् उखु क्रसिङ
बुटवल । लुम्बिनी प्रदेशका चिनी मिलहरूले यो सिजनमा उखु अभावका कारण लक्ष्यअनुसार क्रसिङ गर्न सकेनन् । पुसदेखि चैतसम्म उखु क्रसिङको सिजन हो । यो सिजनका लागि चिनी मिलहरूले उखु क्रसिङको लक्ष्य निर्धारण गरेका थिए । तर कुनै पनि चिनी मिलले लक्ष्य अनुसार उखु क्रसिङ गर्न नसकेका हुन् ।
नवलपरासीमा मात्र ३ वटा चिनी मिल छन् । ती मिलले चाहेजति उखु नपाउँदा क्षमता अनुसार सञ्चालन नभएको लुम्बिनी चिनी कारखानाका महाप्रबन्धक केशव आचार्यले रातोपाटीलाई बताए ।
_WKADexWNgB.jpg)
लुम्बिनी चिनी मिलले यो सिजनमा ८ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेकोमा ७ लाख क्विन्टल मात्रै क्रसिङ गरेको छ । बागमती खाँडसारी चिनी मिलले १२ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य रहे पनि १० लाख ८० हजार क्विन्टलमात्र क्रसिङ गरेको छ ।
यस्तै ईन्द्रा सुगर मिलले ८ लाख क्विन्टल क्रसिङ लक्ष्य राखेकोमा करिब ६ लाख क्विन्टलमात्र क्रसिङ गरेको छ । मिलहरूले उखु अभावका कारण क्रसिङको लक्ष्य पूरा गर्न नसकेको ईन्द्रा सुगरमिलका व्यवस्थापक गोपाल सापकोटाले रातोपाटीलाई बताए ।
_QepOHM5XdX.jpg)
सिजनमा चौबिसै घण्टासम्म चलाउन सकिने मिलहरू यो सिजनमा उखु अभावकै कारण दैनिक ६/८ घण्टामात्रै चलाएर बन्द गरिएको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये उखु उत्पादन गरेर चिनी मिललाई बिक्री गर्ने किसान नवलपरासी र कपिलवस्तु जिल्लामा मात्रै छन् ।
नवलपरासी जिल्लामा रहेका मिलहरूले कपिलवस्तुबाट केही उखु ल्याउने गर्दछन् । नवलपरासी जिल्लाको सुस्ता, प्रतापपुर, पालिनन्द, सरावल गाउँपालिका लगायत क्षेत्रमा उखु उत्पादन हुने गर्छ ।
यस्तै कपिलवस्तु जिल्लाको कृष्णनगर, विजयनगर, महाराजगन्ज र विजयनगरमा उखु उत्पादन हुन्छ । नवलपरासी, कपिलवस्तु जिल्लामा उखु उत्पादन घट्दै गएको छ ।
_XJcCF6nlK4.jpg)
किसानहरूले समयमा पैसा नपाएका कारणले उखुको सट्टामा केरा खेती गर्न थालेका छन् । अर्कोतिर उखु उत्पादन भए पनि सबै उखु चिनी मिलहरूमा जाँदैन । चिनी मिलबाट भुक्तानी पाउन लामो समय कुर्नुपर्ने भएकाले कतिपयले भेली (सखर) बनाउने क्रसरमा बेच्ने गरेका छन् ।
जिल्ला कृषि ज्ञानकेन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलले कपिलवस्तुको कृष्णनगर क्षेत्रको केही उखु चिनी मिलमा जाने गरे पनि धेरैजसो उखु भेली उद्योगमा खपत हुने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण