गर्मी बढेपछि एक हप्ताका लागि विद्यालय बन्द
बिहीबार, १७ जेठ २०८१, १९ : ४६

रुपन्देही । भैरहवामा अत्यधिक गर्मी बढेपछि सिद्धार्थनगर नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै जेठ १८ देखि २५ गतेसम्मका लागि नगरभित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जनाएको छ । गर्मी बढेपछि विद्यार्थी बिरामी हुन थालेपछि हिउँदे बिदाबाट कट्टा हुने गरी बिदा दिइएका विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाभित्र १७ सामुदायिक, १४ धार्मिक र ४१ संस्थागत विद्यालय सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति छ ?
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
ईयूसँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा बढाउन ट्रम्प सहमत
-
‘हिमाली जिल्लाका लुलु गाई संरक्षणतर्फ ध्यान पुगेको छैन’
-
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप
-
भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या