रिडी–तम्घास सडक खण्ड १२ घण्टा बन्द हुने
शुक्रबार, १८ जेठ २०८१, १४ : ५६
बुटवल । गुल्मीको रिडी–तम्घास सडक खण्ड दिनहुँ १२ घण्टा बन्द हुने भएको छ । शुक्रबारदेखि असार १६ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार एक सूचना जारी गर्दै सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम भइरहेकाले बन्द हुने जनाएको छ । सो समयमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतिसँगै कालोपत्रेको काम भइरहेको छ ।
यसअघि चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण