नेपालगन्जमा एक सय ५० नयाँ 'ट्रान्सफर्मर' थप्नुपर्ने
नेपालगन्ज । बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युत्को माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत् अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगन्ज विद्युत् वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युत्सँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले तदारुकताका साथ तत्काल समस्या समाधानको पहल गरिरहेको बताए । उनले विद्युत् अनियमित हुन नदिन वितरण केन्द्रले चारवटा ‘सर्किट’ मार्फत विद्युत् आपूर्ति गरिरहेको जानकारी दिए । “हुरी तथा ओभरलोडका कारण हुने समस्या समाधानका लागि तत्काल मर्मतका काम गरिरहेका छौँ, बिग्रेका र पुराना ट्रान्सफर्मर बदल्न एक सय ५० नयाँ ट्रान्सफर्मर माग भरेका छौँ, त्यसपछि केही सजिलो हुनेछ । साथै विद्युत् अनियमित नहोस् भनेर भारतबाट समेत विद्युत् आपूर्ति गर्न स्विच जडान गरिएको छ”, उनले भने ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले विद्युत् अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै एउटा समिति बनाएको छ । अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा गठित समितिले बिहीबार नेपालगन्ज र कोहलपुर वितरण केन्द्रसँग लिखितरूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने, विद्युत् नियमित गर्नका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय पहिचान गर्ने निर्णय गरेको सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण