लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : यस्ता छन् प्राथमिकता (पूर्णपाठ)
बुटवल । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई विशेष जोड दिइएको छ । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र पर्यटनलाई विशेष जोड दिइएको घोषणा गरेका हुन् ।
कार्यक्रममा प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गर्दै आधुनिक सहर बनाउने कार्य अगाडि बढाउने घोषणा गरिएको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगलाई विशेष ध्यान दिई कर्मचारी व्यवस्थापन गरिने कार्यक्रम पनि घोषणा गरिएको छ । कार्यक्रममा ‘व्यावसायिक कृषि, लुम्बिनी प्रदेशको समृद्धि’ भन्ने नाराका साथ प्रदेशका कृषि कार्यक्रम अगाडि बढाउने घोषणा समेत गरिएको छ ।
नीति तथा कार्यक्रममा माटो व्यवस्थापनका लागि थप कार्यक्रम लागू गरिने समेत जनाइएको छ भने रैथाने बालीलाई जोड दिइने जनाइएको छ । त्यसका लागि स्थानीय उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाइने दाबी गरिएको छ ।
कार्यक्रममा स्थानीय तहको सहरीकरणमा कृषि भूमि बैंक नीति लागू गरिने समेत उल्लेख । रोल्पा र प्युठान जिल्लामा अल्लो, गुल्मीमा गुड र कफी, नवलपरासीमा उखु र केरा, बर्दियामा चैते धान र मसुरो उत्पादनमा जोड दिइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै रुपन्देहीमा आलु, दाङमा तोरी र तरकारी, रोल्पा र रुकुममा स्याउ र वर्षे आलुलाई विशेष प्राथमिकता दिइएको छ। कपिलवस्तु र बाँकेमा भैँसी र माछा पालनमा जोड दिइएको छ ।
पर्यटन विकासका लागि रोल्पा, रुकुममा साहसिक खेल कार्यक्रम प्रवर्द्धन गरिने समेत जनाइएको छ । लुम्बिनीसँग जोडिएको देवदह, रामग्राम र तिरोकोटलाई सङ्घीय सरकारसँग सहकार्य गरेर थप पर्यटन आगमन गर्ने काम गरिने घोषणा समेत कार्यक्रममा गरिएको छ ।
हेर्नुहोस् पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण