ट्रेलरमा यस्तो देखियो ‘शिरफूल’
काठमाडौँ । फिल्म ‘शिरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । असार ७ गतेबाट प्रदर्शनमा आउने कमल एक्चै मगर निर्देशित फिल्मको ट्रेलरले पारिवरसँग छोरीको सम्बन्ध झल्काएको हो ।
फिल्म नाइस मिडिया नेटवर्कको ब्यानरमा निर्माण भएको हो । ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो ।
नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण फिल्ममा देख्न सकिने निर्देशक मगरको भनाई छ ।
रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको फिल्ममा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।
आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । फिल्ममा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका छ । फिल्मलाई आरआर फिल्मसले देशभर वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण