सिक्री लुट्ने र किन्ने ३ जना पक्राउ
मङ्गलबार, २२ जेठ २०८१, १२ : २६
काठमाडौँ । सुनको सिक्री लुट्ने र किनबेच गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर कपुरधारा बस्ने २८ वर्षीया उषा विष्ट, सर्लाही घर भएर काठमाडौँ बस्ने रामहरि खड्का र हरि शङ्कर चौधरी छन् ।
वैशाख ३० मा सुन्धाराबाट एउटै ट्याक्सीमा चढेका कविराज नेपालीको घाँटीमा लगाएको सिक्री विष्टले लुटेर भागेकी हुन् । आरोपी विष्टलाई माछापोखरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उषा विष्टले लुटेको सुन रामहरि खड्काले चाबहिलमा बस्ने ३७ वर्षीय हरि शङ्कर चौधरीलाई बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण