आइसल्याण्डले नेपालमा खोल्यो महावाणिज्य दूतावास, व्यापार प्रबर्द्धनमा सहयोग पुग्ने विश्वास

काठमाडौँ । आइल्याण्डले नेपालमा अवैतनिक महावाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ । आइसल्याण्डले पहिलो पटक नेपालमा अवैतनिक दूतावास सञ्चालनमा ल्याएको हो ।
काठमाडौँस्थित महावाणिज्य दूतावासका लागि भनेर आइसल्याण्डले विदुषी राणालाई अवैतनिक दूत नियुक्त गरेको छ । यो महावाणिज्य दूतावासको उद्घाटन उद्योगमन्त्री दामोदर भण्डारीले गरे ।
उक्त कार्यक्रममा नवनियुक्त महावाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा आइसल्याण्डका राजदूत महामहिम गुड्नी ब्रागासनले नेपाल र आइसल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने बताए ।
कार्यक्रममा उद्योगमन्त्री भण्डारीले महावाणिज्यदूत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचार प्रसार र अन्य क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै राणाले नयाँ अवैतनिक वाणिज्य दूतको हैसियतमा नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कृतज्ञता र प्रतिबद्धता व्यक्त गरिन् ।
उनले बढेको कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभहरू प्रकाश पारिन् र दुई राष्ट्रहरू बिचको सांस्कृतिक र व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन गर्न आफ्नो भूमिकाको अपेक्षा व्यक्त गरिन ।
काठमाडौँमा नयाँ वाणिज्य दूतावासको उद्घाटनले नेपाल–आइसल्याण्ड सम्बन्धमा नयाँ अध्यायको सङ्केत गरेको छ, जसको उद्देश्य सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संगीतकार सङ्घको अध्यक्षमा लामा
-
च्याम्पियन्स लिगको जितपछि पेरिसमा प्रहरी र पीएसजीका समर्थकहरूबिच झडप
-
राज कटुवाललाई भेटेपछि किन रोए युवती ?
-
भारी वर्षा र पहिरोका कारण सिक्किममा १ हजार ५०० पर्यटक अलपत्र
-
चैते धानको मूल्यमा मनपरी, एमाले निकट महासङ्घले दियो सरकारलाई आन्दोलनको चेतावनी
-
गाजामा सहायता केन्द्रमा भागदौड हुँदा २१ जनाको मृत्यु