हुरीबतासले भत्कायो जसपा नेपालको मञ्च, नयाँ बनाउन कलकत्ताबाट मगाइयो कालिगड
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनका लागि बनाइरहेको पण्डाल (मञ्च) भत्केको छ ।
जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको एकता महाधिवेशनका लागि जनकपुरको तिरहुतिया गाछीमा निर्माण भइरहेको मञ्च सोमवार राती आएको हावाहुरीले भत्काएको हो । सो पण्डाल विगत २० दिनदेखि बनाउन थालिएकामा हुरीबतासले भत्काएको जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले बताए ।
‘लगभग तयार भइसकेको थियो, सोमवार राती अचानक आएको हुरीबतासले भत्काएको छ’, उनले भने । अब बाँसका साथै स्टिल राखेर पण्डाल (मञ्च) बनाउने र त्यसका लागि भारतको कलकत्ताबाट दुई सय कालिगड आएको उनले बताए ।
अब महाधिवेशन हुन चार दिन मात्र बाँकी रहेको र त्यस अगावै पण्डाल निर्माण सक्न भारतबाट कालिगढ मगाएको उनको भनाइ छ ।
भारत–नेपालको संयुक्त कम्पनीले सो पण्डाल बनाइरहेको थियो । सोही कम्पनीले पुनः कालिगढ थपेर पण्डाल बनाउन सुरु गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण