एक्जिट पोलअनुसार देखिएन नतिजा, यी पाँच राज्यमा बीजेपीलाई झट्का

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको धमाधम मतगणना भइरहेको छ । अहिलेसम्मको रुझान हेर्दा भाजपा नेतृत्वको एनडीए र भारतीय गठबन्धनबारे एक्जिट पोलको नतिजाअनुसार देखिएन । रुझानमा कयौँ सिटमा एनडीए र इन्डिया गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
केही राज्यमा भाजपालाई ठुलो झट्का लागेको छ । देशको सबैभन्दा ठुलो राजनैतिक राज्य र भाजपाको भगवा किल्ला यूपीमा अवस्था बिलकुल उल्टो देखिएको छ । रुझानमा एनडीएले बहुमत पाउन सक्ने देखाएको भएपनि इन्डिया गठबन्धनले कडा चुनौती दिइरहेको देखाएको छ । यो चुनावले कांग्रेसका लागि शुभ समाचार ल्याएको छ । रुझानमा कांग्रेसको सिट सय नाघ्ने देखिन्छ ।
उत्तर प्रदेशमा भाजपालाई खतरा
८० सिट भएको राज्य उत्तर प्रदेशमा यस पटक राहुल गान्धी र अखिलेश यादवको जोडीले भाजपालाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । भाजपाले यो राज्यबाट धेरै आशा राखेको थियो । यद्यपि, प्रारम्भिक रुझानमा अखिलेश र राहुलको साइकल र हातले भाजपालाई उछिनेको छ । यहाँ सपा ३६ सिटमा छ भने भाजपा ३६ सिटमा अगाडि छ । कांग्रेसले सात सिटमा अग्रता लिएको छ । अमेठी, मैनपुरी र रायबरेली सिटमा भाजपा पछाडि छ । सर्सर्ती हेर्दा उत्तर प्रदेशमा व्यापक उथलपुथल देखिएको छ । अघिल्लो निर्वाचनमा यहाँ भाजपाले ६२ सिट पाएको थियो ।
महाराष्ट्रमा कडा प्रतिस्पर्धा
भाजपाले अनेकौं दाउपेच गरेको अर्को राज्य महाराष्ट्र पनि हो । तर कुनै पनि दाउपेचले उसलाई फाइदा भएको छैन । महाराष्ट्रमा एनडीए गठबन्धन २५ सिटमा अगाडि छ भने इन्डिया गठबन्धनका उम्मेदवार २१ सिटमा अगाडि छन् । जबकि अन्य दलका उम्मेदवार दुई सिटमा अगाडि छन् ।
राजस्थानमा धक्का
राजस्थानमा अघिल्लो निर्वाचनमा बीजेपीले भाजपाले क्लिन स्वीप गरेको थियो । तर यस पटक यहाँ कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ भाजपा १४ सिटमा अगाडि छ भने कांग्रेस ८ सिटमा अगाडि छ ।
हरियाणामा पनि प्रतिस्पर्धा
हरियाण राज्यबाट पनि बीजेपीले शुभ समाचार नपाउने देखिनछ । रुझानका अनुसार भाजपा र कांग्रेसबीच यहाँ कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै दलले ५–५ सिटमा अग्रता लिएका छन् । सन् २०१९ को निर्वाचनमा सबै सिटमा भाजपाले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
-
‘राम नाम सत्य’मा विराजपछि भित्रिए सुशील
-
डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा
-
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग