चीनमा किन भाइरल भइरहेको छ यो झरना ?
बेइजिङ । चीनमा निकै चर्चित एक झरनाले यतिबेला सामाजिक सञ्जालमा सामान्यतः भन्दा धेरै नै अरूको ध्यान खिचिरहेको छ । एउटा भिडियोमा सो झरनामा पाइपबाट पानी ल्याएर खसालिएको देखिएको छ ।
‘युन्ताई झरना’ नामको याे झरना युन्ताई माउन्टेन पार्कमा छ । यस झरना चीनको उत्तर–मध्य हुनान प्रान्तको मुख्य पर्यटकीय आकर्षण मध्येमा पर्दछ । चीनको पर्यटन मन्त्रालयले यस पार्कलाई फाइभए रेटिङ दिएको छ । यो भनेको त्यहाँको पर्यटकीय गन्तव्यलाई मन्त्रालयले दिने सबैभन्दा ठुलो रेटिङ हो ।
झरनामा आउने पानीको स्रोतलाई पार्कको वेबसाइटले ‘मिल्की वे तलतिर खसिरहेको जस्तो’ भनेर व्याख्या गरेको छ । चीनको सामाजिक सञ्जालमा यही हप्ता ३१४ मिटर लामो सो झरनामा पाइपबाट पानी आपूर्ति गरिएको भिडियो सार्वजनिक भएको थियो ।
झरनाबाट बग्ने पानीको स्रोत आगन्तुकहरूले सोचेजस्तो पूर्ण प्राकृतिक नहुन सक्ने सङ्केत यसले गरेको छ । यो भिडियोमा पार्क व्यवस्थापनले पनि प्रतिक्रिया दिएको छ । सुख्खा मौसमका कारण झरनाबाट खस्ने पानीको आकार बढाउन पाइपबाट पानी खन्याउनुपरेको बताएको छ ।
यो भिडियो हेरेर चीनमा कयौँ मानिस छक्क परेका छन् । केहीले भने पार्क व्यवस्थापनले अपनाएको उपायको सराहना गरेका छन् । सुख्खाको मौसममा झरना पूरै सुक्ने स्थिति आउन नदिन चीनले यस्तै खालको उपायहरू अपनाउने गरेको छ ।
दक्षिण पश्चिम चीनको कुईचाउ प्रान्तमा सुख्खाका कारण बर्सेनि हुआङ्गगुओशु झरना सानो हुने वा सुक्ने समस्या देखिन थाल्थ्यो । यो समस्या समाधान गर्न सन् २००४ मा चीनले झरनाभन्दा केही पर बाँध बनाएर त्यहाँको पानी झरनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण