रुपन्देहीको देवदहमा प्राचीन इनार भेटिएको दाबी
बुटवल । रुपन्देहीको देवदहमा प्राचीन इनार भेटिएको छ । बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गरिँदै आएको देवदहस्थित खयरडाडाँमा साढे तीन फिट गहिरो इट्टाको प्राचीन इनार भेटिएको हो ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले जेठ १६ गतेदेखि सुरु गरेको उत्खनन्का क्रममा पूर्ण आकारमा रहेको प्राचीन इट्टाको इनार भेटिएको लुम्बिनी विकास कोषले दाबी गरेको छ ।
२ मिटर चौँडाइ र साढे ३ मिटर गहिरो इट्टाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्त्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस तल्लो भाग भेटिएको छ’ उप्रेतीले भने ।
उप्रेतीका अनुसार प्राचीन इनार भए पनि कुन समयको हो भन्ने अझै यकिन भैसकेको छैन । इनारको दक्षिणतर्फ प्राचीन पर्खाल र भग्नावशेषहरू भेटिएको उप्रेतीले बताए । देवदहका स्थानीयहरूले भने बुद्धको मावलीको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् ।
प्राचीन कोलिय राज्यका क्षेत्रहरूमा निरन्तर उत्खनन् अध्ययनको आवश्यकता रहेको पुरातत्त्व विभागका अधिकृत राजेश परियारले बताए । उनले खयरडाँडामा उत्खनन्बाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरूअगाडि बढाउने बताए ।
कोषका अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्त्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान र विज्ञका रूपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन् । उत्खनन् अझै एक महिना चल्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण