एमाले रुपन्देही अधिवेशन : नयाँ नेतृत्वका चयनका लागि सहमतिको प्रयास

बुटवल । नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भैरहेको छ । बुटवलमा जारी अधिवेशनमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास भैरहेको हो ।
अध्यक्ष मण्डलका सदस्य एवं एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको बताउँदै सकभर मिलाएर लैजाने तयारी भैरहेको बताए । यदि सहमति नभए निर्वाचन जाने उनले बताए । अध्यक्षमा तेजेन्द्र केसी, यज्ञ गैरे र खेम लुइँटेलको उम्मेदवारी परेको छ ।
केही पदमा मिलाउने गरी छलफल भइरहेको बताइएको छ । अध्यक्षका लागि यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी, सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिला तर्फको उपसचिवमा सुनिता ठठेर हुने गरी सहमति नजिकै पुगिएको बताइए पनि औपचारिक घोषणा भने भएको छैन ।
निर्वाचन समितिले शुक्रवार बिहान ७ बजेसम्म सहमति नभएमा निर्वाचन गर्ने तयारी पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति बनाउन एमाले जनसंगठनको बैठक च्यासलमा
-
एकअर्कालाई हराउँदै ‘लिग लिडर’ बन्ने धुनमा पञ्जाब र मुम्बई
-
ट्रम्पले पुटिनलाई भने पागल
-
मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना
-
माओवादीको पदाधिकारी बैठक, पार्टी एकताबारे निर्णय हुने
-
त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक-कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)