नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ
शुक्रबार, २५ जेठ २०८१, १५ : ०३
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले ३५ हजार रुपैयाँ घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनलाई कार्यालय बाहिर नजिकको एक होटेलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनको साथबाट अख्तियारले स्रोत नखुलेको थप ५० हजार रुपैयाँ पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण