सातामा सुनचाँदी– प्रतितोला २८ सयले बढेर कीर्तिमान
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य २८ सय रुपैयाँले बढेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो । यो मूल्यमा साताको अन्तिम कारोबार दिनसम्म २८ सय रुपैयाँले बढेको हो ।
यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ कायम छ । यो साता सोमबार मात्रै सुनको मूल्य ओरालो लागेको थियो । अन्य दिन मूल्य निरन्तर बढ्दै कीर्तिमानमाथि कीर्तिमान कायम बन्यो ।
यस्तै यो साता चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । साताभरमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १९ सय रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण