हार्डवेयर पसलमा आगलागी, लाखौँको क्षति
रौतहट । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ। गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गए राति भएको आगलागी १५ लाखभन्दा बढीको सामान जलेर नष्ट भएको हो ।
महतो हार्डवेयर गोदाममा शुक्रवार राति पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रङ्ग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटप -२ थान, मोटर -१६ थान, सिपिभिसी फिटिङ्ग, पिभिसी फिटिङ्ग, पल्मबिङ्गका सामाग्री, सयौँ थान रङका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ।
हार्डवेयरको उक्त गोदामसँगै रहेको अर्को गोदाम, हार्डवेयर पसल र रामबाबु मोटरसाइकल वर्कसपमा समेत आंशिक क्षति पुगेको छ।
गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्टसर्किट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले आगलागीबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको बताइन् । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण