सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?
सोमबार, २८ जेठ २०८१, १० : ४०
काठमाडौँ । आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको हो ।
महासङ्घका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो । आज सोही मूल्य कायम भएको महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण