जापानमा ‘फर्की फर्की’ को शो हाउसफुल
काठमाडौँ । अनमोल केसी अभिनीत पछिल्लो चलचित्र ‘फर्की फर्की’ स्वदेश सहित विदेशमा समेत प्रदर्शनमा आएको छ । यस्तैमा फिल्मको आइतबार जापानमा पनि प्रदर्शन भएको छ ।
जापानको टोक्यो सहरस्थित नाकानो जिरो हलमा साँझ ६ः ३० बजे आयोजित शोमा हाउसफुल दर्शक रहेका थिए ।
शोमा सहभागी हुन अभिनेता अनमोल केसी जापान पुगेका थिए । शोमा अनमोलसँग सेल्फी खिच्ने र उनलाई उपहार दिनेको भिड लागेको थियो ।
शोको आयोजना भिजोनिय कम्पनीले गरेको थियो । कार्यक्रममा अनमोल पुग्नासाथ फ्यानहरुले घेरेका थिए । कार्यक्रममा अनमोले फ्यानसँग हात मिलाउँदै, फूलको गुथा लिँदै र सेल्फी खिच्दै कार्यक्रम स्थलमा पुगेका थिए । फिल्म सुरु हुनु अघि अनमोलले कोनिचिवा जापान भन्दै सम्बोधन गर्दा हल भरि ताली र सिट्ठी बजेको थियो । कार्यक्रममा जापानका लागि नेपालका राजदूत दुर्गा बहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे लगायतको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण