राष्ट्रपतिद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त
सोमबार, २८ जेठ २०८१, १३ : १२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई सान मारिनोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
यस्तै राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण