जसपा नेपालको बन्द सत्र सुरु
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो जसपाको बन्द सत्र सुरु भएको हो ।
बन्द सत्रमा राजनीतिक प्रस्तावको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् । त्यसपछि विभिन्न समूह उक्त प्रस्तावबारे छलफल चलाइने जसपा प्रवक्ता मनिष सुमनले जनाए ।
उनका अनुसार अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल सकेपछि लेखापरीक्षणको प्रस्ताव पेस गरिनेछ । लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले उक्त प्रस्ताव पेस गर्ने प्रवक्ता सुमनले बताए ।
जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता मा बन्द सत्र सुरु भएको छ । पार्टी विधान अनुसार अध्यक्ष मण्डल गठन गरेर बन्द सत्र सुरु गर्नुपर्ने भएको हुनाले प्रतिनिधिहरूले ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेका थिए ।
५ सदस्यीय अध्यक्ष मण्डलमा लालबाबु राउत , मृगेन्द्रा सिह, लिला सिटौला , रकम चेम्जोङ छन् । जसपा नेपालको सोमबारदेखि जनकपुरमा एकताको राष्ट्रिय महाधिवेशन सुरु भएको हो । जसपा वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको सवा महिनापछि जसपा नेपालले महाधिवेशनको आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण