बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जसपा नेपालको बन्द सत्र सुरु

मङ्गलबार, २९ जेठ २०८१, ०९ : ४१
मङ्गलबार, २९ जेठ २०८१

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो जसपाको बन्द सत्र सुरु भएको हो । 

बन्द सत्रमा राजनीतिक प्रस्तावको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् । त्यसपछि विभिन्न समूह उक्त प्रस्तावबारे छलफल चलाइने जसपा प्रवक्ता मनिष सुमनले जनाए । 

उनका अनुसार अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल सकेपछि लेखापरीक्षणको प्रस्ताव पेस गरिनेछ । लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले उक्त प्रस्ताव पेस गर्ने प्रवक्ता सुमनले बताए । 

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता मा बन्द सत्र सुरु भएको छ ।  पार्टी विधान अनुसार अध्यक्ष मण्डल गठन गरेर बन्द सत्र सुरु गर्नुपर्ने भएको हुनाले प्रतिनिधिहरूले ५ सदस्यीय  अध्यक्ष मण्डल गठन गरेका थिए ।

५ सदस्यीय अध्यक्ष मण्डलमा  लालबाबु राउत , मृगेन्द्रा सिह, लिला सिटौला , रकम चेम्जोङ छन् । जसपा नेपालको सोमबारदेखि जनकपुरमा एकताको राष्ट्रिय महाधिवेशन सुरु भएको हो । जसपा वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको सवा महिनापछि जसपा नेपालले महाधिवेशनको आयोजना गरेको हो ।

jasapa nepal 3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप