लगातार तेस्रो दिन सुनको मूल्य स्थिर, चाँदीको घट्यो
मङ्गलबार, २९ जेठ २०८१, १० : ३८
काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।
आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ कायम थियो ।
यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यचाहिँ केही घटेको छ ।
सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण