सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

फेरिए बिग बोसका होष्ट, सलमानको ठाउँमा आए अनिल कपुर

मङ्गलबार, २९ जेठ २०८१, ११ : ३९
मङ्गलबार, २९ जेठ २०८१

नयाँ दिल्ली । चर्चित भारतीय रियालिटी शो बिग बोस ओटीटी ३ मा नयाँ होष्ट आएका छन् । सलमान खानको ठाउँमा अब शोलाई अनिल कपुरले होष्ट गर्नेछन् ।

 जुन १० मा शोको नयाँ प्रोमो सर्वाजनिक भएको थियो । यसमा शोको नयाँ होष्टको रुपमा अनिल कपुरलाई देखाइएको छ । शो जुन २१ मा प्रिमियर हुँदैछ ।

शोको नयाँ प्रोमोमा अनिल कपुरको दमदार आवाज घन्किएको छ । ‘सबैले भने अब के नै बाँकी छ र एके, मैले सोधे के–के बाँकी छ एके, राम्रो...नराम्रो, सत्य...झूटो, पानी...आगो, गाली...ताली, सबै देखिसकेँ....सबैको कुरा सुनेँ, अब मेरो पालो, नियम नयाँ खेल पुरानो, झगडा गर्छन्, एक अर्कासँग लड्छन्, टिक्छन् कि टिक्दैनन् थाहा छैन, थोरै तर्क, थोरै जादु, ... धेरै भयो झक्कास, अब गर्नेछौं केही अरु खास, अब सबै बद्लिनेछ,’ भिडियोमा अनिल कपुर भन्छन् ।

अनिल कपुर आएपछि सबै कुरा बद्लिएला त ? अनिल कपुरको फ्यान उनलाई बिग बोस होष्टको रुपमा देखेर खुसी छन् । तर सलमान खानका फ्यानहरु भने खुसी छैनन् । 

प्रोमोले त सलमान खानका फ्यानहरू खुसी छैनन् । उनको होष्टिङले सलमानका फ्यानहरुको मन जित्दा त ? यो भने शो अनएयर भएपछि थाहा हुनेछ । 

बिग बोस ओटीटी ३ मा सहभागी कन्टेष्टेन्टको नाम पूष्टि भइसकेको छैन । तर सञ्चार माध्यमहरूमा विशाल पान्डे, सना मकबूल, सना सुल्तान, साई केतन राव, सोनम खान, नुपूर सेननको नाम सुन्नमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप