मल नपाएपछि राति १२ बजे फोनमा किसानको धम्की आउँछ : सांसद तामाङ
काठमाडौँ । माओवादी केन्द्रका सांसद सूर्यमान दोङ तामाङले रासायनिक मल नपाएका कारण किसानले हरेक वर्ष दुःख पाइरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत रूपमा बजेटमाथि छलफलमा भाग लिँदै सांसद तामाङले कृषि मन्त्रालय किसानका समस्या समाधानका लागि लाग्नुपर्ने बताए ।
उनले देशैभरि किसानहरू रासायनिक मल नपाएका कारण तड्पिएर हिँडिरहेको बताए । सांसद तामाङले भने,‘राति १२ बजे फोन आउँछ, नउठाउँ केही समस्या भएको हो कि भन्ने हुन्छ । उठाउँदा धम्की आउँछ । के फेरिपनि चुनाव आउँदैन भन्छन् । यो स्थिति छ किनकि मल छैन । प्रत्येक किसानको घरमा मल छैन, सधैँभरि रासायनिक मलको विषयमा किसानहरूले एउटा कठिनाइ भोगिरहनु परेको छ ।’
उनले सधैँ यस्तो समस्या आएकोले सरकारले एउटा रासायनिक मल उद्योग स्थापना गर्नुपर्ने बताए । कृषि मन्त्रालय कृषि मलको टुक्रे व्यापार गर्ने काममा लागेको छ कि भन्दै उनले प्रश्न गरे ।
यस्तै श्रमिकका लागि न्यूनतम १७ हजार ३ सय मासिक तलब रहेको बताउँदै उनले अहिलेको शिक्षा, स्वास्थ्य, दैनिक जीवन चलाउन त्यो रकमले नपुग्ने बताए । उनले मजदुरले पाइरहेको सो तलबको मूल्याङ्कन गर्नुपर्ने बताए । श्रम, रोजगार र सामाजिक विकास मन्त्रालयले यसबारेमा सोच्नुपर्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण