बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश

जसपा नेपालले बहिष्कार गर्‍यो मधेस सरकारको नीति तथा कार्यक्रम

मङ्गलबार, २९ जेठ २०८१, १९ : २९
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा नेपाल)ले मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम बहिष्कार गरेको छ । मंगलबार मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा भण्डारीले  वाचन गरिरहेकी छिन् । 

जसपा नेपालले मधेस प्रदेश सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठक बहिष्कार गरेको हो । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जसपा नेपालले आफ्नो पार्टीको महाधिवेशन चलिरहेकाले २ दिन पछाडि नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको थियो । तर सरकारले जसपा नेपालको प्रस्ताव अस्वीकार गरेपछि नीति तथा कार्यक्रम बहिष्कार गर्नु परेको सो पार्टीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप