प्रदेश
जसपा नेपालले बहिष्कार गर्यो मधेस सरकारको नीति तथा कार्यक्रम
मङ्गलबार, २९ जेठ २०८१, १९ : २९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा नेपाल)ले मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम बहिष्कार गरेको छ । मंगलबार मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा भण्डारीले वाचन गरिरहेकी छिन् ।
जसपा नेपालले मधेस प्रदेश सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठक बहिष्कार गरेको हो । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जसपा नेपालले आफ्नो पार्टीको महाधिवेशन चलिरहेकाले २ दिन पछाडि नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको थियो । तर सरकारले जसपा नेपालको प्रस्ताव अस्वीकार गरेपछि नीति तथा कार्यक्रम बहिष्कार गर्नु परेको सो पार्टीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण