नेपाली श्रमिकलाई २४ घण्टा बीमा सुविधाको व्यवस्था गर्न मलेसियनका मन्त्रीलाई नेपालको आग्रह
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिम द्विपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मलेसियन समकक्षी बिच भेटवार्ता भएको हो ।
भेटमा मन्त्री अर्यालले नेपाली श्रमिकको लागि २४ घण्टे बीमा सुविधाको व्यवस्था गर्न आग्रह गरे । त्यस्तै, नेपाल सरकारले श्रमिकको सीप विकासलाई प्राथमिकतामा राखेको बताउँदै सीप विकासका लागी सहकार्य गर्न समेत उनले आग्रह गरे । “हामी नेपाली श्रमिकलाई सीप सिकाएर पठाउन चाहन्छौँ । तपाईँहरूले चाहेको सीप सहितको श्रमिक पठाउन हामी इच्छुक छौँ । नेपाली श्रमिकको सीप विकासमा सहकार्य गरौँ,” उनले भने ।
त्यस्तै, मन्त्री अर्यालले मलेसियासँगको श्रम सम्झौताको लागि नेपाल सरकारले अन्तिम तयारी गरेको जानकारी गराए । परराष्ट्र र कानुन मन्त्रालयको राय प्राप्त भए पश्चात् श्रम सम्झौता नवीकरण गरिने बताए । भेटमा मन्त्री अर्यालले मलेसियन मन्त्रीलाई नेपाल भ्रमणको लागि पनि निम्ता गरे ।
भेटमा मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिम नेपालसँगको श्रम सम्झौता चाँडो नवीकरणको होस भन्ने मलेसियन सरकारले चाहेको बताए । त्यस्तै, मलेसियन सरकारले आप्रवासी श्रमिक र स्थानीय श्रमिकलाई समान खालको सामाजिक सुरक्षा सुविधा प्रदान गरेको जिकिर गर्दै २४ घण्टे बिमा सुविधा पनि छलफल गरी रहेको बताए । साथै नेपाल भ्रमणको लागि आफू इच्छुक भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण