बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

वीरगन्जका गोदामहरूमा सशस्त्र प्रहरीको छापा

बुधबार, ३० जेठ २०८१, १४ : ५९
बुधबार, ३० जेठ २०८१

वीरगन्ज । सशस्त्र प्रहरी बलले पर्साको वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत विभिन्न ठाउँबाट मंगलबार राति अवैध गोदाममा छापा मारेर ४४ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।

 प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीले भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रूपले राखिएको गोदाममा छापा मारेको हो । सो क्रममा सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्ट्स तथा अन्य अवैध सामान बरामद  भएको सशस्त्र प्रहरीले जनाएको छ । 

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेका छन् । 

यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रूपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।

यसैगरी मंगलबार राति नै सोही गुल्मले वडा नम्बर १० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर  पार्ट्स   र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामान समेत बरामद गरेको छ । 

बरामद सामान बुधवार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । यसैबिच पछिल्लो एक हप्ताको बिचमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले करिब ३ करोड मूल्य बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप