सहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गर्यो : अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको बताएकी छिन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा सहरी विकास मन्त्रालयका कार्यक्रमहरू सहर केन्द्रित भएको बताएकी हुन् । उनले बजेटले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको बताइन् ।
अध्यक्ष श्रेष्ठले मुलुकको समानुपातिक विकासका लागि ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको बताइन् ।
अध्यक्ष श्रेष्ठले नेपाली सेनाले ठुला–ठुला विकास निर्माणका कामहरू ठेक्कामा लिएर पुनः अरूलाई ठेक्का लगाउने परिपाटीको अन्त्य गर्नु आवश्यक रहेको बताइन् । उनले सेनाले लिएको ठेक्कामा सेनाकै जनशक्ति परिचालन गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण