न्याय परिषद् बैठक आह्वान, न्यायाधीश नियुक्तिका लागि सिफारिस होला ?
बिहीबार, ३१ जेठ २०८१, १२ : ४१

काठमाडौँ । न्याय परिषद् बैठक लागि आह्वान भएको छ । बिहीबार अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा तय गरिएको छ ।
परिषद् सचिवालयले आजको बैठकमा सर्वोच्चमा चार रिक्त न्यायाधीश नियुक्तिका लागि आवश्यक छलफल गरेर सकेसम्म आजै सिफारिस हुनेछ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्द मोहन भट्टराई अवकाशमा जान लागेको र मुद्दाको चाप व्यवस्थापनका लागि पनि तत्काल सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस गर्नुपर्ने बाध्यता रहेको छ ।
यस्तै जिल्ला न्यायाधीशको लोकसेवाको नतिजा प्राप्त भएको र न्याय सेवा आयोगले त्यसलाई अनुमोदन गरिसकेकाले परिषद्ले अनुमोदन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने