नेपालमा चिनियाँहरूको उच्चस्तरीय भ्रमण : को-को आउँदैछन् ?
काठमाडौँ । चिनियाँ जनराजनीतिक परामर्श दातृ राष्ट्रिय सम्मेलनका उपाध्यक्ष बाटेर नेपाल भ्रमणमा आइपुगेका छन् । शुक्रबार उनी कतार हुँदै नेपाल आइपुगेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका बाटेरले नेपालमा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै चीनका विदेश सचिव क्वी यु पनि नेपाल भ्रमणमा आउन लागेका छन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी नेपाल भ्रमणमा आउने निश्चित भइसके पनि समय तालिका सुनिश्चित भइसकेको छैन । उनको नेपाल भ्रमण सकिएलगत्तै चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री पनि नेपाल भ्रमण आउने श्रोतले बताएको छ ।
केही दिनअघि चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेङ पनि नेपाल भ्रमणमा आएका थिए । उनले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण