पत्रकार सम्मेलन
९ हजार बिगाहा जमिन अतिक्रमणको अप्रेसन गर्ने गृहमन्त्रीको घोषणा
शुक्रबार, ३२ जेठ २०८१, १७ : ४५

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार जमिन अतिक्रमणको विग अप्रेसन सुरु गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले लगभग नौ हजार बिगाहा जमिन हिनामिना भएको रिपोर्ट आएको भन्दै बिग अप्रेसन सुरु गर्न लागेको जनाएका हुन् ।
‘बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार अतिक्रमित जमिनको गृह मन्त्रालयले विग अप्रेसन सुरु गर्दैछ’, मन्त्री लामिछानेले भने– ‘हुँदैछ गर्दैछौ, कुनै त्यस्तो नेता वा व्यक्तिलाई हामी बचाउँदैनौ ।’
उनले नेपाली जनताको भारी बोक्ने भन्दै अरू कसैको नबोक्ने पनि बताए । उनले सय दिनमा भएका कामको लिस्ट दिएर जुँगा नमुठार्ने भन्दै अब ऐतिहासिक काम गर्ने भन्दै सय दिनमा बेस निर्माण गर्ने काम गरेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?