खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको छु : खेलकुद मन्त्री
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको बताएका छन् ।
आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको भन्दै त्यस्तो अवस्था आए मिति मात्र लेखेर राजीनामा दिन तयार भएको बताए ।
उनले भने, ‘अहिले जुन खालको अवस्था छ, केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ । त्यो तयार गरेर बोकेर नै हिँडेका छौँ ।’
उनले सत्तामा पुरानो कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरि चलिरहेको भन्दै सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए ।
उनले भने, ‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा सबैले अनुभव गरिरहेका छौँ । किनभन्दा हामीले सरकारको नेतृत्व गरिरहेका छौँ र सत्ता पुरानो कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरि चलिरहेको हामी दुई धारे तरबारका बिचमा चलिरहेका छौँ । हामीले सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला पनि छ । साथै सत्ता साझेदार दलहरूले पनि यसलाई एक पटक समीक्षा पनि गर्ने र पुनरावलोकन पनि गर्ने कुराहरू पनि चल्न थालेको छ ।’
उनले खेलकुद क्षेत्रमा महत्त्वपूर्ण कामको रूपमा हिजो भर्खरै अर्थ मन्त्रालयबाट खेलाडीहरूको पुरस्कार रकम निकास भइसकेको भन्दै जानकारी पनि दिएका छन् ।
उनले भने, ‘खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दै लाने भन्ने कुरामा त्यसको क्यालेन्डर घोषणा भइसक्यो, अर्को महत्त्वपूर्ण कुरा भनेको खेलाडीहरूले आफ्नो पुरस्कार नपाएको भन्ने विषयले गर्दा खेलाडीहरूमा निराशा छाएको थियो, हिजो अर्थ मन्त्रालयबाट त्यो खेलाडीको पैसा निकास भइसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण